नागरिक लगानी कोषको लाभांश घोषणा, बोनस शेयर २५ प्रतिशत


बैंक खबर । नागरिक लगानी कोषले लाभांश घोषणा गरेको छ । कोषले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको २६.३१५६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । 

प्रस्तावित लाभांश मध्ये २५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १.३१५८ प्रतिशत नगद लाभांश वितरण हुनेछ । 

वैशाख २९ गते बसेको कोषको सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको सो लाभांश नेपाल सरकार, अर्थमन्त्रालयबाट स्वीकृत भई आएपछि कोषको वार्षिक साधारणसभाले पारित गरेमा शेयरधनीमा वितरण हुनेछ । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस