आन्तरिक ऋण उठाउँदै सरकार, जेठ लागेलगत्तै करिब २५ अर्ब ऋण लिँदै 


बैंक खबर । सरकारले ६ अर्ब रुपैयाँ नयाँसहित २४ अर्ब ७४ करोड ५० लाख रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल बिक्री गरेर सो रकम उठाउन लागेको हो । 

राष्ट्र बैंकले प्रकाशित गरेको सूचना अनुसार जेठ १ गते सोमबार बोलकबोल हुने र २ गतेदेखि जारी हुनेगरी ट्रेजरी बिल बिक्री गर्न लागेको हो । 

सरकारको राजस्व आय नै चालु खर्च भन्दा कम भएपछि आन्तरिक ऋण उठाएर पैसाको व्यवस्थापन गदै आएको छ । राष्ट्र बैंकले वैशाख लागेदेखि नै हरेक साता ट्रेजरी बिल बिक्रीमार्फत पैसाको जोहो गरिरहेको छ ।  

सोमबार बोलकबोल हुने ट्रेजरी बिलमध्ये १८ अर्ब ७४ करोड ५० लाख रुपैयाँ पुरानो नविकरण हो । बाँकी छ अर्ब रुपैयाँ नयाँ हो । 

राष्ट्र बैंकका अनुसार २८ दिन अवधिको ५ अर्ब रुपैयाँ, ९१ दिन अवधिको ८ अर्ब रुपैयाँ, १८२ दिन अवधिको ९ अर्ब ८५ करोड ५० लाख रुपैयाँ र ३६४ दिन अवधिको १ अर्ब ८९ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गरिनेछ । 

All financial information at your fingertips.

शेयर गर्नुहोस