एनएमबि लघुवित्तले असार ३२ गते डाक्यो वार्षिक साधारणसभा


२०८२ असार १२ गते बिहीबार ।

बैंकको खबर । एनएमबि लघुवित्तले यही असार ३२ गते १२औँ वार्षिक साधारणसभा बोलाएको छ । लघुवित्तले पोखराको सिटि होटल स्क्वायरमा सो दिन बिहान ९ बजेका लागि साधारणसभा बोलाएको हो । 

 

साधारणसभा प्रयोजनका लागि कम्पनीले असार २४ गते बुक क्लोज गर्ने जनाएको छ । त्यसैले असार २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्र साधारणसभामा सहभागी हुन सक्नेछन् । 

शेयर गर्नुहोस