गभर्नर पौडेलको सम्पत्ति : १४ करोडको सेयर, ४५ तोला सुन


बैंकको खबर । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । 

उनले सार्वजनिक गरेको विवरणमा विभिन्न कम्पनीको सेयरमा १४ करोड पाँच लाख ६७ हजार रुपैयाँ बराबरको लगानी रहेको उल्लेख गरेका छन् ।  

पौडेलले आफ्नी पत्नी प्रतिभा शर्माको नाममा ललितपुर महानगरपालिका वडा नम्बर ४ भैसेपाटीमा ५ आना २ दामको जग्गामा २७९५ वर्गफिटको घर रहेको उल्लेख गरेका छन् । सो घर १ करोड ५५ लाख रुपैयाँमा खरीद गरेको बताएका छन् । त्यस्तै, उनकी पत्नी कै नाममा अर्को घरजग्गा नवलपरासीको गैंडाकोटमा छ। जसको मूल्य ६० लाख उल्लेख गरिएको छ।

यस्तै ४५ तोला सुन र १५ लाख रुपैयाँ बराबरको हिरा रहेको जनाएका छन् । त्यस्तै आफ्नो र श्रीमतीको नाममा कुल २० लाख रुपैयाँ भन्दा बढी नगद बैंकमा बचत रहेको उल्लेख गरेका छन् । 

शेयर गर्नुहोस