तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज बजारबाट ५० अर्ब तान्दै


२०८२ असार ११ गते बुधबार । 

बैंकको खबर । वित्तीय प्रणालीमा तरलता फालाफाल भएपछि नेपाल राष्ट्र बैंक (केन्द्रीय बैंक)ले आजपनि ५० अर्ब रुपैयाँ तान्ने भएको छ । 

केन्द्रीय बैंकले निक्षेप संकलन बोलकबोलमार्फत ६३ दिनका लागि सो र कम तान्न लागेको हो । 

निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाले आज मध्यान्ह ३ बजेसम्म बोलकबोल गर्न सक्नेछन् । यो निक्षेपको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ । 

बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म आवेदन दिन सक्नेछन् । 

यो निक्षेपको साँवा तथा ब्याज रकम २०८२ भदौ ११ फिर्ता गरिने केन्द्रीय बैंकले जनाएको छ । 

शेयर गर्नुहोस