गरिमा विकास बैंकको नयाँ ब्याजदर सार्वजनिक


बैंक खबर । गरिमा विकास बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले बचत खातामा ६ प्रतिशतसम्म र वैदेशिक रोजगार बचत खातामा ९ प्रतिशत ब्याज दिएको छ । मुद्दति निक्षेप तर्फ संस्थागतका लागि ८.६ प्रतिशतसम्म र व्यक्तिगत मुद्दति निक्षेपका लागि १०.६० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । 

बैंकको आधार दर १२.४४ प्रतिशत रहेको छ । आधारदरमा प्रिमियम थप गरी कर्जाको ब्याजदर निर्धारण हुनेछ । बैंकले प्रिमियम ग्राहकसँगको समझदारीमा निर्धारण हुने उल्लेख गरेको छ । तर केही कर्जामा ८ प्रतिशतसम्म प्रिमियम थप हुने विवरण सार्वजनिक गरेको छ । 
ब्याजदर विस्तृतमा हेर्नुहोस

All financial information at your fingertips.

शेयर गर्नुहोस