ज्योति विकास बैंकको गोकर्ण शाखा उद्घाटन


बैंक खबर । ज्योति विकास बैंकले काठमाडौंको गोकर्णमा १२०औँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले वैशाख २८ गते बिहीबार शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको जनाएको छ । 

बैंकले ग्राहकलाई बैंकिङ पहुँच विस्तार गर्दै गुणस्तरीय सेवाप्रदान गर्ने उद्देश्यले नयाँ शाखा सञ्चालनमा ल्याएको जनाएको छ । 

शाखाको उद्घाटन गोकर्णेश्वर नगरपालिकाका मेयर दीपककुमार रिसाल र बैंकका सञ्चालक रामकुमार श्रेष्ठले संयुक्तरुपमा गरेका हुन् । 

उद्घाटन समारोहमा बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल लगायत विभिन्न पदाधिकारी, कर्मचारीहरु, ग्राहकवर्ग तथा स्थानीय व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

उद्घाटन समारोहमा बोल्दै मेयर रिसालले बैंकको नयाँ शाखाले सो क्षेत्रका ग्राहकहरुका लागि बैंकिङ सेवा थप सुलभ र सहज बनाई वित्तीय समावेशीकरणलाई प्रवद्र्धन गर्नुकासाथै उत्पादनशील क्षेत्रमा लगानी गर्दै सो क्षेत्रको आर्थिक वृद्धि र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । 

साथै, बैंकका सञ्चालक श्रेष्ठले नयाँ शाखामार्फत बैंकिङ सेवा थप विस्तार भएको र आगामी दिनहरुमा पनि ज्योति विकास बैंकले सेवाग्राहीलाई अझ सहज, सरल र आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । 

यसकासाथै, बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले कार्यक्रममा बोल्दै ज्योति विकास बैंक देशको उद्यमशीलता र अर्थतन्त्रमा योगदान गर्ने ध्येय बोकी नागरिकहरुको समृद्धिमा सधैँ साथ दिन र उच्चतम बैंकिङ सेवा प्रदान गर्न अग्रसर रहेको बताए । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस