जाल्पा सामुदायिक लघुवित्तको लाभांश संशोधन


बैंक खबर । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्ने लाभांश संशोधन गरेको छ । लघुवित्त सञ्चालक समितिको वैशाख २६ गते बसेको बैठकले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । 

प्रस्तावित लाभांशमध्ये हाल कायम रहेको चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने छ । 

यस अघि लघुवित्तले चुक्ता पूँजीको ७३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३.८४२१ प्रतिशत नगद लाभाँश प्रस्ताब गरेको थियो ।

संशोधित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भइए आएपछि आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीमा वितरण हुनेछ ।

All financial information at your fingertips.

शेयर गर्नुहोस