लाभांश पारित गर्न नेशनल लाइफले बोलायो साधारणसभा


बीमा खबर । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जेठ २२ गते ३५औँ वार्षिक साधारणसभा डाकेको छ । इन्स्योरेन्स सञ्चालक समितिको वैशाख २१ गते बसेको बैठकले काठमाडौंको लाजिम्पाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा सो दिन बिहान साढे १०बजे साधारणसभा बोलाएको हो । 

साधारणसभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई स्वीकृति प्रदान गर्नेछ । 

इन्स्योरेन्सले शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि एक करोड ९५ लाख ३८ हजार ६ सय ६१ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यसबाहेक ६.५ प्रतिशत अर्थात ३० करोड १६ लाख २८ हजार ७२ रुपैयाँ नगद लाभांश छुुट्टै वितरण गर्ने प्रस्ताव पनि गरेको छ । साधारणसभाले प्रस्तावित लाभांश पारित गर्नेछ । 

इन्स्योरेन्सले साधारणसभा प्रयोजनका लागि जेठ ११ गते शेयरधनी किताब बन्द गर्ने जनाएको छ । यससँगै जेठ १० गतेसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन र लाभांश पाउन सक्नेछन् । 

All financial information at your fingertips.

शेयर गर्नुहोस