सिटिजन्स बैंक र हिमालयन फ्रन्टटार्यस प्याराग्लाइडिङबीच सम्झौता


बैंक खबर । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र पोखराको लेकसाइडस्थित हिमालयन फ्रन्टटार्यस प्याराग्लाइडिङ प्रा.लि.बीच सिटिजन्स बैंकका कार्डवाहक ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

सम्झौतापछि सिटिजन्स बैंकका कार्डवाहक ग्राहकले प्याराग्लाइडिङमा १५ प्रतिशतसम्मको छुट पाउनेछन् ।

बैंकले यस किसिमको सहकार्यबाट ग्राहक लाभान्वित हुने र नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास लिएको छ ।

बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न विभिन्न संस्थासँग यस्तै किसिमको समझदारी गर्दै आएको छ ।

बैंकले देशभर फैलिएका आफ्ना एक सय ८२ शाखा, एक सय ३९ एटीएम, तीन विस्तारित काउन्टर र ९७ शाखा रहित बैंकिङ इकाइहरुबाट १५ लाख ४० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
 

All financial information at your fingertips.

शेयर गर्नुहोस