म्याग्दीको भुरुङमा गरिमा विकास बैंकको एटीएम सेवा सुरु


बैंक खबर । गरिमा विकास बैंकले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२, भुरुङ तातोपानीमा एटीएम सेवा सुरु गरेको छ । बैंकले मुस्ताङ आउने जाने पर्यटकहरुलाई लक्षित गरी एटीएम सेवा सुरु गरिएको जनाएको छ । 

बैंक सञ्चालक दिपेन्द्र श्रेष्ठ र अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भरतकुमार पुनले एटीएम सेवाको संयुक्त रुपमा उद्घाटन गरेका छन् । 

यो एटीएम काउन्टरका कारण पर्यटकलाई आर्थिक कारोबार गर्न सहज हुने अपेक्षा गरिएको बैंकले जनाएको छ ।
 

All financial information at your fingertips.

शेयर गर्नुहोस