नमस्ते पेको सीईओमा प्रविणराज पोखरेल नियुक्त


बैंक खबर । नमस्ते पेको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रविणराज पोखरेल नियुक्त भएका छन् । पोखरेलले वैशाख १७ गतेदेखि नै आफ्नो कार्यभार सम्हालेका छन् । नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडको सञ्चालक समितिको वैशाख १५ गते बसेको बैठकले पोखरेललाई कम्पनीको नयाँ सीईओमा नियुक्त गरेको थियो । 

कार्यभार सम्हाल्दै पोखरेलले भने ‘‘बैंकको पहुँचमा भएका र डिजिटल शिक्षा पाएका मानिसहरुलाई मात्र नभई बैंक विहीनहरुलाई पनि आधुनिक सेवाहरु उपलब्ध गराएर नगदरहित समाजको निर्माण गर्ने सेवामा रहेकाले व्यवसायिक कार्यसम्पादनमा सफलता प्रदान गर्न टोलीसँग काम गर्न म धेरै केन्द्रित हुनेछु’’

पोखरेलसँग बैंक तथा वित्तीय संस्था, भुक्तानी प्रणाली, फिनटेक कम्पनीहरुमा करिब २७ वर्ष काम गरेको अनुभव छ । उनले यसअभि एफवान सफ्ट इन्टरनेशनल, एमनेपाल लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत भएर काम गरिसकेका छन् । उनले ग्लोबल बैंक, नबिल बैंक, बैंक अफ काठमाण्डू, हिमालयन बैंकमा वरिष्ठ व्यवस्थापन र मध्यम व्यवस्थापन पदहरुमा बसेर काम गरिसकेका छन् ।  

All financial information at your fingertips.

शेयर गर्नुहोस