नयाँ स्टक एक्सचेन्ज छनोट गर्न धितोपत्र बोर्डले गठन गर्यो समिति


बैंक खबर । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज छनोट समिति गठन गरेको छ । बोर्डको सञ्चालक समितिले बोर्डमा प्राप्त निवेदनमाथि मूल्यांकन गर्न कानून मन्त्रालयका सहसचिव फणिन्द्र गौतमको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो । 

बोर्डका कार्यकारी निर्देश्क एवं प्रवक्ता मुक्तिनाथ श्रेष्ठका अनुसार समितिमा अर्थमन्त्रालयका सहचिव रितेशकुमार शाक्य, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक मुकुन्दकुमार क्षेत्री, बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र नियमन महाशाखाका उपकार्यकारी निर्देशक अम्बिका गिरी रहेका छन् । 

समितिले धितोपत्र बजार सञ्चालनका लागि संगठित संस्था स्थापना गर्न बोर्डबाट सिफारिस प्रदान गर्ने सम्बन्धी निर्देशिका २०७९को आधारमा अंक दिई मूल्याङ्कन गर्नेछ । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस