ग्लोबल स्मार्ट प्लसबाट मौैलाकालिका केवलकारको टिकट किन्दा छुट पाइने


बैंक खबर । ग्लोबल आइएमई बैंक लिमिटेडले नवलपुर जिल्लाको गैडाकोटमा रहेको मौलाकालीका केवलकारको टिकट खरिदमा छुट दिने योजना ल्याएको छ । बैंकले ग्लोबल स्मार्ट प्लस एपबाट टिकट खरिद गर्दा १० प्रतिशत छुट उपलब्ध हुने योजना सार्वजनिक गरेको हो ।

बैंकले स्मार्ट च्वाइस टेक्नोलोजिसँगको साझेदारीमा सार्वजनिक गरेको यस योजनाअन्तर्गत मौलाकालीका केवलकारको टिकट खरिद गर्दा १० प्रतिशत वा अधिकतम १०० रुपैयासम्म छुट दिने जनाएको छ । 

यो योजना सीमित अवधिको लागि रहने पनि बैंकले जनाएको छ ।

बैंकले ग्लोबल स्मार्ट प्लस र क्यूआरमार्फत गरिने भुक्तानीलाई प्रवद्र्धन गर्न छुट योजना ल्याएको जनाएको छ । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस