एनआईबीएल एस क्यापिटल र एलायन्स फर्मास्यिुटिकल्सबीच सम्झौता


बैंक खबर । एनआईबिएल एस क्यापिटल लिमिटेड र एलायन्स फर्मास्यिुटिकल्स प्रालिबीच सम्झौता भएको छ । दुई कम्पनीबीच संस्थागत परामर्श सेवा अन्तर्गत रोडम्याप फर आइपीओसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । 
सम्झौतापत्रमा क्यापिटलका तर्फबाट नायवमहाप्रबन्धक सचिन्द्र ढुङ्गाना र फार्मास्यिुटिकल्सका तर्फबाट अध्यक्ष मनोहरदास मुलले हस्ताक्षर गरेका छन् । 

एलायन्स फार्मास्यिुटिकल्सले बाराको सिमरास्थित कारखानाबाट औषधि उत्पादन गर्दै आएको छ । 

सम्झौता अनुसार फार्मास्यिुटिकल्सलाई साधारण सेयर निकाष्शन पूर्व गर्नुपर्ने तयारीका सम्बन्धमा मध्यस्थता तथा परामर्श सेवा प्रदान गर्नेछ । यस्तै सर्वसाधारणमा सेयर निष्काशन गर्न बिक्री प्रबन्धकको सेवा समेत प्रदान गर्नेछ । 

एनआईबीएल एस क्यापिटलले संस्थागत परामर्श सेवामार्फत व्यवसायिक योजना बनाउन, व्यवसायको सम्भाव्यता अध्ययन गर्ने, पूँजी संकलन गर्ने, ऋण संकलनमा वित्तीय संस्था र व्यवसायीबीच मध्यस्थता गर्ने र अन्य व्यवसायिक जटिलताहरुमा उचित परामर्श प्रदान गर्दै आइरहेको छ । 

All financial information at your fingertips.

शेयर गर्नुहोस