नेप्से बढ्यो, छ अर्ब बढीको कारोबार


२०८१ माघ ७ गते सोमबार । 

सेयर खबर । सेयरबजारमा कारोबार मापक नेप्से परिसूचक छ दशमलव ७८ अंकले बढेर दुई हजार छ सय सात दशमलव ९९ विन्दुमा कायम भएको हो । छ अर्ब ५७ करोड चार लाख ७७ हजार आठ सय ८६ रुपैयाँ बराबरको  एक करोड ३६ लाख ७७ हजार नौ सय ८३ कित्ता सेयर किनबेच भएको छ । 

आजको कारोबारमा बैंकिङ समूह शून्य दशमलव २०, विकास बैंक शून्य दशमलव ६०, वित्त शून्य दशमलव ५३, जलविद्युत् शून्य दशमलव ०२ र लघुवित्त समूह शून्य दशमलव ०४ प्रतिशतले घटेको छ । अरु सबै समूहको बढेका छन् । 

 होटल तथा पर्यटन शून्य दशमलव १२, लगानी शून्य दशमलव ६०, जीवन बीमा शून्य दशमलव ०४, उत्पादन तथा प्रशोधन एक दशमलव ६८, म्युचुअल फन्ड शून्य दशमलव ०९, निर्जीवन बीमा शून्य दशमलव २३, व्यापार एक दशमलव ०६ र अन्य समूह दुई दशमलव १३ प्रतिशतले बढेको छ ।

आज मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सबैभन्दा धेरै नौ दशमलव ०५  प्रतिशतको वृद्धि देखिएको छ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र सुपर मादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै रिभर फल्स पावर लिमिटेडको २४ करोड एक लाख ८८ हजार चार सय चार रुपैयाँको सेयर किनबेच भएको छ । 

कारोबार भएका २४३ कम्पनीमध्ये ११८ वटाको सेयरमूल्य बढेको छ भने ११७ वटाको घटेको छ । बाँकी आठ कम्पनीको स्थिर रहेको छ ।

शेयर गर्नुहोस