हिमालयन लाइफ इन्स्योरेन्सले १४ प्रतिशत बोनस सेयर दिने


२०८१ माघ ६ गते आइतबार । 

बीमा खबर । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०८०८१को नाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

माघ ४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । साथै बोनस सेयरको कर प्रयोजनार्थ तिर्नुपर्ने रकम लगानीकर्ताहरुले नै भुक्तानी गर्नुपर्ने निर्णय पनि सञ्चालक समितिले गरेको छ।

लाभांश वितरण गर्ने यो प्रस्ताव नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ । 

शेयर गर्नुहोस