कामना सेवा विकास बैंकको सीईओमा दिनेश थकाली नियुक्त


बैंक खबर । कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दिनेश थकाली नियुक्त भएका छन् । बैंकको वैशाख १३ गते बसेको सञ्चालक समितिको बैठकले थकालीलाई वैशाख १४ गतेदेखि नै लागू हुनेगरी चार वर्षका लागि सीईओ नियुक्त गरेको हो । 

थकाली प्रभु बैंकमा प्रमुख बिजनेस अधिकृतको रुपमा कार्यरत थिए । उनी प्रभु बैंकमा चौथो वरियतामा थिए । 

कामना सेवाको सञ्चालक समितिले बैंकको सीईओका लागि आन्तरिक रुपमा व्यवसायिक योजना तथा रणनीतिसहित आवेदन माग गरेको थियो । त्यसमा थकाली छनोट भएका हुने । 

चार्टर्ड एकाउन्टेन्ट थकाली सांग्रिला डेभलपमेन्ट बैंकको कामु प्रमुख कार्यकारी अधिकृत भइसकेका व्यक्ति हुन । त्यसपछि उनी प्रभु बैंकमा गएका थिए । उनी डेढ दशकदेखि बैंकिङ पेसामा सक्रिय छन् । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस