गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट
२०८१ माघ ६ गते आइतबार ।
बीमा खबर । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ आज बाँडफाँट भएको छ। इन्स्योरेन्सले पुस २१ गतदेखि २४ गतेसम्म निष्काशन गरेको १८ लाख ४५ हजार कित्ता सेयर आज बाँडफाँट भएको हो । निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालय, नागपोखरी, काठमाडौँमा आईपीओ बाँडफाँट भएको हो।
इन्स्योरेन्सले निष्काशन गरेको आईपीओमा कुल १८ लाख ३० हजार ८५७ आवेदकले २ करोड ३२ लाख २ हजार ५४० कित्ता सेयर किन्नका लागि आवेदन दिएका थिए । इन्स्योरेन्सले निष्काशन गरेको सेयरभन्दा १२.५८ गुणा बढी कित्ताका लागि आवेदन परेको थियो ।
सेयरखरिद गर्न आवेदन दिएकामध्ये १८ लाख २२ हजार ४०५ आवेदन स्वीकृत भएको छ भने ८ हजार ४५२ आवेदन रद्द भएको छ।
मागभन्दा बढी आवेदन परेका कारण धितापत्र निष्काशन नियमावली अनुसार गोलाप्रथा प्रक्रियामार्फत सेयर बाँडफाँट भएको छ ।
क्यापिटलका अनुसार कुल १ लाख ८४ हजार ५०० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् ।
All banking information at your fingertips.