इसुजुका गाडी किन्न एभरेष्ट बैंकले ऋण दिने


बैंक खबर । लक्ष्मी कमर्सियल भेहिकल्स र एभरेष्ट बैंकबीच एसएमएल इसुजुका गाडी किन्दा सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार एभरेष्ट बैंकले इसुजुका स्कूल बस, रुटबस, ट्रक, टिप्पर लगायतका गाडी किन्ने ग्राहकलाई ऋण उपलब्ध गराउने छ । 

सम्झौता पत्रमा बुधबार एभरेष्ट बैंकका डेपुटी जेनरल म्यानेजर गौरब कुमार र लक्ष्मी कमर्सियल भेहिकल्सका सेल्स एण्ड अपरेशन डाइरेक्टर कपिल शिवाकोटीले हस्ताक्षर गरेका छन् । 

सम्झौता अनुसार बैंकले वैशा १३ गतेदेखि नै देशभर फैलिएका बैंकका १२४ शाखा कार्यालयमार्फत गाडीको मूल्यको ७० प्रतिशत कर्जा लगानी गर्नेछ । यस्तो कर्जा सात वर्षसम्मका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ । सेवा शुल्क र ब्याजदरमा पनि बैंकले सहुलियत उपलब्ध गराउने समझौता भएको लक्ष्मी बैंकका कमर्सियल बिजनेस हेड सञ्जय खड्कालो जानकारी दिएका छन्  

बैंकका डेपुटी जनरल म्यानेजर गौरब कुमारले यो सम्झौताले दुई संस्थाबीचको व्यापार बढाउन सहयोग पु¥याउने विश्वास व्यक्त गरे । 
 

All finanicial information at your fingertips.

शेयर गर्नुहोस