आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सलाई धितोपत्र बोर्डले दियो मर्जरका लागि अन्तिम स्वीकृति


बीमा खबर । नेपाल धितोपत्र बोर्डले आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सलाई मर्जरमा जान अन्तिम स्वीकृति प्रदान गरेको छ । 

दुवै इन्स्योरेन्सले वैशाख ३ गते संगठित संस्था गाभ्न गाभिन वा प्राप्ति गर्न अन्तिम स्वीकृतिका लागि संयुक्त रुपमा बोर्डमा निवेदन दिएका थिए । बोर्डले वैशाख १२ गते दुवै कम्पनीलाई मर्जरमा जानको लागि अन्तिम स्वीकृति प्रदान गरेको हो । 

बोर्डले धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धमा निर्देशिका, २०७९ को दफा ८ को उपदफा (४) बमोजिम अन्ति स्वीकृति प्रदान गरिएको जनाएको छ । 

आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सबीच गत माघ २७ गते एक आपसमा मर्जरमा जाने सहमति भएको थियो । दुवै कम्पनी एक बराबर एक अनुपातमा मर्जरमा जाने सहमति गरेका छन् । मर्जर प्रक्रिया सम्पन्न भएपछि बन्ने कम्पनीको नामा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड हुनेछ । 

All financial information at your fingertips.

शेयर गर्नुहोस