सुन र चाँदीको भाउ बढ्यो
२०८१ पुस २५ गते बिहीबार ।
काठमाडौं । बिहीबार सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघले आज छापावाल सुन १ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको जनाएको छ । हिजो बुधबार छापावाल सुनको भाउ १ लाख ५२ हजार ५०० रुपैयाँ थियो ।
आज चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बढेर १८ सय ४० रुपैयाँ पुगेको छ । हिजो बुधबार चाँदीको भाउ प्रतितोला १८ सय रुपैयाँ ३० रुपैयाँ थियो ।