लक्ष्मी लघुवित्तको सीईओमा सुन्दरप्रसाद श्रेष्ठ नियुक्त


बैंक खबर । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुन्दरप्रसाद श्रेष्ठ नियुक्त भएका छन् । लघुवित्त सञ्चालक समितिको वैशाख १२ गते बसेको १६०औँ बैठकले लघुवित्तका नायब महाप्रबन्धक श्रेष्ठलाई सीईओ  नियुक्त गरेको हो । श्रेष्ठलाई २०८० वैशाख १८ गते देखि लागू हुनेगरी चार वर्षका लागि सीईओ नियुक्त गरिएको लघुवित्तले जनाएको छ । 

लघुवित्तमा हाल कार्यरत प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्माको कार्यकाल २०८० वैशाख १७ गते समाप्त हुने भएकाले सञ्चालक समितिले नयाँ सीईओ नियुक्त गरेको हो । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस