सेयर बजारमा हरियाली, छ अर्ब ३० करोडको कारोबार
२०८१ पुस २२ गते सोमबार ।
सेयर खबर । आज सेयरबजारमा हरियाली छाएको छ । नेपाल स्कट एक्सचेञ्ज (नेप्से) परिसूचक एक दशमलव ८९ प्रतिशत अर्थात् ४९ दशमलव १२ अंकले बढेर दुई हजार छ सय ४० दशमलव ६८ विन्दुमा पुगेको छ ।
नेप्सेमा आएको वृद्धिसँगै कारोबार रकम पनि बढेको छ । छ अर्ब ३० करोड ५४ लाख ३१ हजार आठ सय ८५ रुपैयाँ बराबरको एक करोड ५४ लाख ६१ हजार दुई सय ६४ कित्ता सेयर किनबेच भएको छ ।
कारोबारमा आएका २४२ कम्पनीमध्ये २२६ वटाको सेयरमूल्य बढ्दा बजारमा हरियाली छाएको हो । बजार बढेपनि आज १२ वटा कम्पनीका सेयरधनीले कमाएका छन भने चार वटाको सेयरमूल्य स्थिर रहेको छ ।
आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै सुपरमादी हाइड्रोपावर लिमिटेडको सेयर मूल्य नौ दशमलव ७० प्रतिशत, साहास ऊजा लिमिटेडको सेयर मूल्य आठ दशमलव ७० प्रतिशत, माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य आठ दशमलव ५९ प्रतिशतले बढेको छ ।
उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सेयर कारोबार सबैभन्दा धेरै २९ करोड ९ लाख रुपैयाँ बराबरको भएको छ ।
All banking information at your fingertips.