नेप्से सामान्य अंकले बढ्यो
२०८१ पुस २१ गते आइतबार ।
सेयर खबर । सेयरबजार आज सामान्य अंकले बढेको छ । कारोबार मापक नेप्से परिसूचक पाँच दशमलव ३२ अंकले बढेर दुई हजार पाँच सय ९१ दशमलव ५६ को बिन्दुमा कायम भएको हो ।
चार अर्ब ८६ करोड दुई लाख एक हजार नौ सय ७४ रुपैयाँको ९३ लाख ८६ हजार सात सय २१ कित्ता सेयर किनबेच भएको छ ।
कारोबार भएका २४३ कम्पनीमध्ये १४१ वटाको सेयरमूल्य बढेको छ भने ९४ वटाको घटेको छ । बाँकी आठ वटाको सेयरमूल्य स्थिर रहेको छ ।
बैंकिङ समूह शून्य दशमलव ५५, वित्त एक दशमलव ०४, उत्पादन तथा प्रशोधन शून्य दशमलव ६०, लघुवित्त शून्य दशमलव १४ र म्युचुअल फन्ड शून्य दशमलव ७४ प्रतिशतले घटेको छ । अरु सबै समूह बढेका छन् । विकास बैंक शून्य दशमलव ०२, होटल तथा पर्यटन शून्य दशमलव ६०, जलविद्युत् एक दशमलव ६७ र लगानी समूह शून्य दशमलव ३९ प्रतिशतले बढेको छ । त्यस्तै, जीवन बीमा शून्य दशमलव २७, निर्जीवन बीमा शून्य दशमलव ०४, व्यापार एक दशमलव १४ र अन्य समूह शून्य दशमलव १० प्रतिशतले बढेको छ ।
कारोबार बन्द हुँदासम्म तीन वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड, दोर्दीखोला जलविद्युत् कम्पनी लिमिटेड र ग्रीन भेन्चर्स लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको हो । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मूल्य आठ दशमलव ८८ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै जानकी फाइनान्स कम्पनी लिमिटेडको १९ करोड नौ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
All banking information at your fingertips.