तपाईँ बैंकमा काम गर्न चाहनुहुन्छ भने यि कुरामा ध्यान दिनुहोस्


बैंक खबर । सामान्य अर्थमा रुपैयाँ पैसाको बचत, बचतको भुक्तानी, ऋण प्रवाह र अन्य साख सम्बन्धी कारोबार गर्ने इजाजतपत्र प्रप्त संस्था बैंक हो । बैंकले बचत गर्न चाहने बचतकर्ताबाट रकम लिएर ऋण लिन चाहने व्यक्ति तथा संस्थाहरुलाई ऋण प्रवाह गर्दछ । 

बैंकले सर्वसाधारणबाट निक्षेप स्विकार गर्दछ र सर्वसाधारणको माग अनुरुप भुक्तानी गर्नुको साथै उनीहरुको माग अनुसार कर्जा प्रवाह गर्दछ । त्यसैलै बैंक जनताको विश्वासिलो र भरपर्दो संस्था हुनुपर्दछ । त्यसका लागि इमान्दार र नैतिकवान कर्मचारी बैंकका लागि आवस्यक हुन्छ । 

तपाइ बैंकमा काम गर्न चाहनुहुन्छ भने इमान्दार र नैतिकवान मात्र होइन वित्तीय कारोबारका लागि दक्ष पनि हुनुपर्छ । बैंकहरुले पनि इमान्दार, नैतिकवान र क्षमतावान व्यक्तिहरुलाई मात्र बैंकमा काम गर्ने अवसर दिन्छन् । बैंक तथा वित्तीय संस्थामा सर्वसाधारणहरुको लगानी तथा निक्षेप रहने भएकाले कर्मचारी प्रतिको विश्वशनीयता पनि आवश्यक हुन्छ । 

तपाइ बैंकमा काम गर्न चाहनुहुन्छ भने निम्न लिखित गुण हुन जरुरी छ । 
क्षमता तथा योग्यता
बैंकमा काम गर्ने कर्मचारीहरुले जनताको निक्षेपको सुरक्षाका लागि ध्यान दिएर काम गनुपर्ने हुन्छ । कर्मचारीमा अत्याधिक दवावकाबीच आफ्नो दायित्व पुरा गर्ने क्षमता हुनुपर्दछ । विशेष गरी बैंकिङ क्षेत्रमा भित्रिएका आधुनिक प्रविधिको ज्ञान राख्नु अत्यन्त जरुरी छ । यसबाहेक वित्तीय कारोबार सम्बन्धी ज्ञान पनि अनिवार्य छ । त्यस्तै केन्द्रीय बैंकबाट जारी हुने निर्देशनहरुको ख्याल गर्दै प्रभावकारी कार्यान्वयनमा लैजान सक्ने क्षमता बैंकका कर्मचारीसँग हुनुपर्दछ । यसबाहेक सबैसँग मिलेर सहकार्य गरी काम गर्ने संगठित व्यक्तित्वको विकास पनि कर्मचारीमा हुनुपर्छ । 

निर्णय गर्ने क्षमता
बैंकमा काम गर्ने कर्मचारीसँग निर्णय गर्ने क्षमता उच्च हुनु पर्छ । हरेक समय ग्राहकसँग जोडिएर आर्थिक करोबार गर्नुपर्ने भएकाले कारोबारमा निर्णय गर्ने क्षमता कर्मचारीसँग अनिवार्य हुनु पर्छ । बैंकको सबैभन्दा तल्लो तहदेखि माथिल्लो तहसम्मका सबै कर्मचारीको आ–आफ्नो भूमिका र जिम्मेवारीमा रहेको कामलाई प्रभावकारी बनाउने काम सम्बन्धित कर्मचारी कै हुन्छ । ग्राहकको रकम भुक्तानी गर्न होस या कर्जा प्रवाह गर्ने सबै किसिमका कामहरुमा आफ्नो जिम्मेवारीमा भएअनुसार निर्णय गर्ने क्षमता बैंकका कर्मचारीमा हुनुपर्छ ।

नेतृत्वको भूमिका 
बैंकमा काम गर्ने कर्मचारीहरुमा नेतृत्व गर्ने क्षमता पनि हुनुपर्छ । बैंकमा आउने सबै ग्राहक एकै किसिमका हुँदैनन् । तर ती सबै ग्राहकहरुलाई एकै किसिमको सेवा उपलब्ध गराउने चुनौति कर्मचारीमा रहन्छ । कुनैपनि ग्राहकलाई एकपटक सेवा दिई आर्फेपटक फेरी सेवा लिन आउने वातावरण कर्मचारीले नै निर्माण गर्नुपर्दछ । त्यसका लागि कर्मचारीमा हुने नेतृत्वदायि भूमिकाले सबैभन्दा बढी काम गर्छ । 

ग्राकहलाई ध्यान दिन सक्नुपर्ने क्षमता
कुनैपनि ग्राहक कुनैपनि समयमा आफ्नो समस्या लिएर बैंकमा आउन सक्छ । यस्तो अवस्थामा ग्राहकलाई विशेष ध्यान दिएर नरिसाइकन सेवा दिने क्षमता पनि कर्मचारीमा हुनु पर्दछ । ग्राहक आक्रोशित हुन सक्छन् तर कर्मचारीले नरिसाइकन ग्राहकको समस्यालाई ध्यान दिएर काम गर्नुपर्छ । यस्तो व्यक्तिलाई बैंकहरुले पनि बढी प्राथमिकतामा राखेर रोजगारी दिने गरेका हुन्छन् । 

प्रविधि सम्बन्धी ज्ञान
बैंकिङ क्षेत्रमा पछिल्लो समय नयाँ नयाँ प्रविधिहरु भित्रिइरहेका छन् । त्यस्ता प्रविविधहरुको ज्ञान छिटो लिन सक्ने र त्यस सम्बन्धी ग्राहकलाई बुझाउन सक्ने क्षमता कर्मचारीमा हुनुपर्छ । आफुलाई समयअनुकुल परिष्कृत गर्न पनि बैंकमा भित्रिएका प्रविधिका विषयमा छिटो सिक्ने क्षमताको विकास गर्नै पर्दछ । 

काममा स्वतन्त्रता
बैंकमा काम गर्ने कर्मचारीहरुलाई तोकिएको काम गर्न जिम्मेवारी दिइएको हुन्छ । आफ्नो जिम्मेवारीको काम गर्न अन्य कर्मचारीको सहयोग लिन नपर्ने अवस्था सिर्जना गर्न सक्नुपर्छ । त्यसका लागि आफुले गर्ने कामको पूर्ण जानकारी कर्मचारी आफैले लिनुपर्दछ । त्यसैले बैंकका कर्मचारीले आफ्नो जिम्मेवारीको काम आफै स्वतन्त्र भएर गर्न सक्ने क्षमताको विकास गर्नुपर्छ । 

इमान्दार कर्मचारी
आफ्नो जिम्मेवारीमा रहेका काम इमान्दार भएर गर्नुपर्ने हुन्छ । बैंकको आर्थिक करोबारमा प्रतक्ष जोडिएर काम गर्नुपर्ने भएकाले इमान्दार कर्मचारी नभए ठुलो नोक्सानी तथा दुर्घटना हुन सक्छ । कसैको लोभ लालचमा नपरी काम गर्ने क्षमता कर्मचारीसँग हुनुपर्छ । बैंकमा हुने हरेक कामबाट इमान्दारिताको परिक्षण हुने भएकाले पनि कुनैपनि काममा इमान्दारिता आवश्यक रहन्छ । 

अन्य गुणहरु

  • बैंकले प्रदान गर्ने सेवाको अनुभुति गराउने क्षमता कर्मचारीमा हुनुपर्छ । 
  • हसिलो अनुहार प्रदर्शन गरेर व्यवहार गर्न सक्ने गुण हुनुपर्छ । 
  • मधुर आवाज भएको र बहस नगरी नियम बमोजिम काम गर्न जानेको हुनुपर्छ । 
  • ग्राहक तथा अन्य कर्मचारीसँग सुमधुर सम्बन्ध राख्न सक्ने हुुनुपर्छ । 
  • व्यक्तित्व विकासमा ध्यान दिनुपर्ने हुन्छ । 

All banking information at your fingertips

शेयर गर्नुहोस