एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन


२०८१ पुस १६ गते मंगलबार ।

बीमा खबर । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले मंसिर ११ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आज आवेदन दिने अन्तिम दिन रहेको छ।

इन्स्योरेन्सले चुक्ता पूँजीको ६२.५६ प्रतिशत हकप्रद सेयर निष्काशन गरेको हो । 

इन्स्योरेन्सले ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ९६ लाख ३१ हजार २२०।२२ कित्ता हकप्रद सेयर निष्काशनमा ल्याएको छ।

हकप्रद सेयर निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले कात्तिक २७ गते बुकक्लोज गरेको थियो। त्यसैले कात्तिक २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले हकप्रदका लागि आवेदन दिन सक्नेछन् । 

इन्स्योरेन्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। 

२०८१ पुस १६ गते मंगलबार ।

All banking information at your fingertips.

शेयर गर्नुहोस