वाणिज्य बैंकहरुको नाफा साढे ११ प्रतिशत बढ्यो, कसले कति कमाए ?


बैंक खबर । चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासमा वाणिज्य बैंकहरुको नाफा बढेको छ । वाणिज्य बैंकहरुले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार २१ वाणिज्य बैंकहरुले कुल ४८ अर्ब ७० करोड ४९ लाख रुपैयाँ खुद मुनाफा कमाएका छन् । 

यो नाफा गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा ११.६७ प्रतिशतले बढी हो । गत आथिएक वर्षको चैत मसान्तसम्ममा बैंकहरुको खुद मुनाफा ४३ अर्ब ६१ करोड ३८ लाख रुपैयाँ रहेको थियो । 

सबैभन्दा नाफा बढाउने बैंक एभरेष्ट बैंक रहेको छ भने सबैभन्दा धेरै कमाउने नबिल बैंक रहेको छ । एभरेष्ट बैंकको नाफा गत आर्थिक वर्षको तेस्रो त्रैमासमा भन्दा ६२.६३ प्रतिशतले बढी छ । एभरेष्टले २ अर्ब ४६ करोड रुपैयाँ नाफा कमाएको छ । गतवर्ष चैतमा यो बैंकको नाफा १ अर्ब ५१ करोड रुपैयाँ थियो । 

नबिलको नाफा ५ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । गतवर्ष नविलले ३ अर्ब ३५ करोड रुपैयाँ कमाएको थियो । नविलले ५२.६३ प्रतिशतले नाफा बढएको छ । 

सबैभन्दा कम नाफा कृषि विकास बैंकले कमाएको छ । यो बैंकले एक अर्ब ४ करोड रुपैयाँ मुनाफा कमाएको छ ।गतवर्षको सोही अवधिमा कृषि विकास बैंकले १ अर्ब ९० करोड रुपैयाँ नाफा कमाएको थियो । बैंकको नाफा ४५.३६ प्रतिशतले घटेको छ । 
 

All banking information at your fingertips.

शेयर गर्नुहोस