फर्स्ट माइक्रोफाइनान्सको मुनाफा बढ्यो


बैंक खबर । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १९ करोड ४५ लाख रुपैया खुद मुनाफा आर्जन गरेको छ । लघुवित्तले सार्वजनिक गरेको तेस्रो त्रैमासको अपरिष्किृत वित्तीय विवरणमा खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १७.१२ प्रतिशतले बढेको देखिएको हो । अघिल्लो वर्षको चैतमा लघुवित्तको खुद मुनाफा १६ करोड ६१ लाख रुपैयाँ थियो । 

लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा भएको वृद्धिले खुद नाफा बढेन पुगेको देखिन्छ । 

चैत मसान्तसम्म लघुवित्तले ३१ करोड ७६ लाख रुपैया खुद ब्याज आम्दानी गरेको छ । जुन गतवर्षको चैत मसान्तमा भन्दा ३.४२ प्रतिशतले बढी हो । गतवर्ष चैतमा लघुवित्तको खुद ब्याज आम्दानी ३० करोड ७१ लाख रुपैयाँ रहेको थियो । 

लघुवित्तको खुद कमिशन आम्दानी भने १७.७५ प्रतिशतले घटेर ३ करोड ७५ लाख रुपैयाँमा झरेको छ । 

नाफा बढेपछि लघुवित्तको प्रतिशेयर आम्दानी घटेको छ । गत आर्थिक वर्षको चैतमा २२ रुपैयाँ ९७ पैसा रहेको प्रतिशेयर आम्दानी अहिले २२ रुपैयाँ ६० पैसामा झरेको छ । गतवर्षको तुलनामा लघुवित्तको शेयर पूँजी १९ प्रतिशतले बढेका कारण मुनाफामा सुधार हुँदापनि प्रतिशेयर आम्दानी घट्न गएको देखिन्छ । 

यो अवधिमा लघुवित्तको मूल्य आम्दानी अनुपात २३.८५ गुणा, प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ ७३ पैसा, खराब कर्जा ०.४७ प्रतिशत र आधार दर १३.३४ प्रतिशत रहेको छ । 

All financial information at your fingertips.

शेयर गर्नुहोस