मर्जरमासम्बन्धी निर्णय गर्न युनाइटेड र अजोड इन्स्योरेन्सले बोलाए विशेष साधारणसभा


बीमा खबर । युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्सले एक आपसमा गाभ्ने÷गाभिने प्रस्ताव पारित गर्न विशेष साधारणसभा डाकेका छन् । दुवै इन्स्योरेन्सले वैशाख २५ गते सोमबारका दिन सभा बोलाएका हुन् । 

युनाइटेड इन्स्योरेन्सले काठमाडौंको शंखमुलस्थित अनमोल ब्याङ्क्वेटमा बिहान ११ बजे र अजोड इन्स्योरेन्सले युनाइटेड वल्ड ट्रेड सेन्टर, त्रिपुरेश्वरमा बिहान ११ बजेका लागि बोलाएका छन् । 

दुवै साधारणसभाले मर्जरपछि युनाइटेड अजोड इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गर्नेगरी मर्जरका लागि सम्पूर्ण कार्य पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय गर्नेछ । 

अजेड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्स ८२.५०ः१०० शेयर स्वाप अनुपातमा मर्जरमा जाने भएका छन् । 

विशेष साधारणसभाका लागि अजोड इन्स्योरेन्सले वैशाख १२ गते र युनाइटेड इन्स्योरेन्सले वैशख १३ गते शेयरधनी किताब बन्द गर्ने भएका छन् । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस