हिमालयन डिस्टिलरीको लाभांश घोषणा, १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद दिने
२०८१ मंसिर २४ गते सोमबार ।
बैंकको खबर । हिमालयन डिस्टिलरीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
मंसिर २३ गते आइतबार कसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजन सहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
सञ्चालक समितिले आगामी पुस २८ गते आइतबार पर्सा, वीरगञ्ज नगरपालिका वडा नं. २१ स्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १० बजे वार्षिका साधारणसभा बोलाउने निर्णय पनि गरेको छ ।
साधारणसभा र लाभांश प्रयोजनका लागि पुस १९ गते शुक्रबारका दिन सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । यसअनुसार पुस १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले साधारणसभामा सहभागी हुन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।