मिथिला लघुवित्तले १५ प्रतिशत लाभांश वितरण गर्ने
२०८१ मंसिर २१ गते शुक्रबार ।
बैंकको खबर । मिथिला लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
मंसिर २० गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय गरेको हो। सोमध्ये १४.२८६ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७१४ प्रतिशत नगद लाभांश रहेको छ ।
सञ्चालक समितिले प्रस्ताव गरेको यो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण ह्ुनेछ ।
All banking information at your fingertips.