साना किसान विकास लघुवित्तको लाभांश घोषणा, बोनस सेयर १३.३० प्रतिशत
२०८१ मंसिर १७ गते सोमबार ।
बैंकको खबर । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ । लघुवित्तको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले १४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांशमध्ये १३.३० प्रतिशत बोनस सेयर र सो को कर प्रयोजनार्थ ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय भएको लघुवित्तले जनाएको छ ।
सञ्चालक समितिले निर्णय गरेको सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।
All banking information at your fingertips.