मितेरी डेभलपमेन्ट बैंकको सीईओमा अनन्त चापागाईं नियुक्त
२०८१ मंसिर १७ गते सोमबार ।
बैंकको खबर । मितेरी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अनन्त चापागाईं नियुक्त भएका छन् । मंसिर १५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले चापागाईंलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
सञ्चालक समितिले माघ १ गतेबाट लागू हुने गरी आगामी ४ वर्षका लागि सीईओ नियुक्त गरेको बैंकले जनाएको छ । यसअघि बैंकका सीईओ रहेका तुलसीप्रसाद वस्तीको कार्यकाल सकिएपछि चापागाईंलाई सीईओ नियुक्त गरेको बैंकले जनाएको छ ।
नबिल बैंकबाट करिअर सुरु गरेका चापागाईंसँग ३३ वर्षको बैंकिङ अनुभव छ । हाल उनी प्राइम कमर्शियल बैंकका कार्यवाहक उपमहाप्रबन्धक छन् ।
All banking information at your fingertips.