धौलागिरी लघुवित्तको कामु सीईओमा जोशी नियुक्त


२०८१ मंसिर ११ गते मंगलबार ।

बैंकको खबर । धौलागिरी लघुवित्त वित्तीय संस्थाको कायम मुकायम मुकरर प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी शिवराम जोशीले पाएका छन् । 

लघुवित्त सञ्चालक समितिको मंसिर १० गते बसेको बैठकले मंसिर १७ गतेदेखि लागू हुनेगरी नायव प्रमुख कार्यकारी अधिकृत जोशीलाई कामु सीईओको जिम्मेवारी दिएको हो । 

लघुवित्तका प्रमुख कार्यकारी अधिकृत सुरेशबहादुर बमले राजीनामा दिएपछि जोशीलाई कामुको जिम्मेवारी दिइएका लघुवित्तले जनाएको छ । सीईओ बमको राजीनामा मंसिर १६ गतेदेखि लागू हुनेगरी स्वीकृत भएको पनि लघुवित्तले जनाएको छ । 

All banking information at your fingertips. 

शेयर गर्नुहोस