नेशनल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा


बीमा खबर । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साढे १४ प्रतिशत लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/७९को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

प्रस्तावित लाभांश मध्ये ८ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ६.५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । यस नगद लाभांशमध्ये ०.४२१ प्रतिशत वोनस शेयरमा लाग्ने कर प्रयोजनाका लागि भएको इन्स्योरेन्सले जनाएको छ । 

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस