एशियन लाइफले बोलायो साधारणसभा, लाभांश पारित गर्ने


बीमा खबर । एशियन लाइफ इन्स्योरेन्सले वैशाख १८ गते १५ औं वार्षिक साधारणसभा डाकेको छ । इन्स्योरेन्सले लाभांश पारित गर्न वार्षिक साधारण सभा बोलाएको हो । 

सञ्चालक समितिको चैत २३ गते बसेको बैठकले बाराको सिमारा स्थित होटल क्लासिकमा बिहान साढे ११ बजे साधारणसभा बोलाएको छ ।

सभाले आर्थिक वर्ष २०७८/७९ सम्मको संचित मुनाफाबाट चुक्ता पूँजीको ८.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४४ प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गर्नेछ ।

यस्तै सभाले बोनस शेयर पश्चातको हदसम्म जारी तथा चुक्ता पूँजी वृद्धि गर्न स्वीकृति समेत दिनेछ ।

कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनको लागि २०८० बैशाख ८ गते बुक क्लोज गर्ने भएको छ । यससँगै बैशाख ७ गतेसम्म कायम शेयरधनीले मात्रै कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् ।
 

All financial information at your fingertips.

शेयर गर्नुहोस