तरलता सहज पार्न २० अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा पठाउँदै राष्ट्र बैंक


बैंक खबर । नेपाल राष्ट्र बैंकले आज (चैत २३ गते बिहीबार) १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ । तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले वित्तीय प्रणालीमा रिपो मार्फत पैसा पठाउने गर्छ । 

बुधबार जारी गरेको सूचना अनुसार बैंकले २०८० वैशाख ७ गते परिपक्व हुनेगरी २० अर्ब रुपैयाँको रिपो बोलकबोल माध्यमबाट बैंक तथा वित्तीय संस्थालाई दिन लागेको हो  । बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागि हुन सक्नेछन् । 

बैंक तथा वित्तीय संस्थाले कम्तिमा १० करोड रुपैयाँ लिनुपर्नेहुन्छ । सो भन्दा माथि ५ करोड रुपैयाँले भाग जानेगरी जारी गर्न लागेको रुपैयाँसम्म बोलकबोल गर्न सक्नेछन् । 

बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा नेपाल राष्ट्र बैंकले अल्पकालीन (अधिकतम सात दिनको) अवधिको तरलता प्रवाह गर्न प्रयोग हुने उपकरण ‘रिपो’ हो ।
 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस