सरकारको ऋण दायित्व २५ खर्ब २३ अर्ब पुग्यो


बैंकको खबर । सरकारी खर्च बढ्दै गएको तर आम्दानी बढ्न नसक्दा सरकारको सार्वजनिक ऋणको आकार लगातार बढ्दै गएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार असोज मसान्तसम्म सरकारको ऋण दायित्व २५ खर्ब २३ अर्ब ३ करोड रुपैयाँ पुगेको छ । तीन महिनामा सतर्न बाँकी ऋण दायित्व ८८ अर्ब ९३ करोड रुपैयाँले बढेको छ । 

२०८१ साउन १ गतेसम्म सरकारको ऋण दायित्व २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ थियो । चालू आर्थिक वर्षको तीन महिनामा कुल १ खर्ब ३६ अर्ब ३१ करोड रुपैयाँ सार्वजनिक ऋण बढेको छ । जसमा १ खर्ब १५ अर्ब आन्तरिक ऋण र २१ अर्ब ३१ करोड बाह्य ऋण छ । 

यो तीन महिनामा सरकारले ६९ अर्ब ऋण तिरेको छ । पछिल्लो ३ महिनामा ५९ अर्ब ६० करोड आन्तरिक ऋण तथा ९ अर्ब ४३ करोड बाह्य ऋणको दायित्व घटाएको छ । असोज मसान्तसम्म सावाँ र ब्याज गरेर कुल ८३ अर्ब ७ करोड ८१ लाख भुक्तानी भएको छ । 

सरकारले तिर्न बाँकी आन्तरिक ऋण १२ खर्ब ३६ अर्ब ३० करोड रुपैयाँ छ । बाह्य ऋण भने १२ खर्ब ८६ अर्ब ७३ करोड रुपैयाँ छ । 

कुल ग्राहस्थ उत्पादनको आधारमा सार्वजनिक ऋण ४४.२३ प्रतिशत कायम भएको छ । कुल ग्राहस्थ उत्पादनको आधारमा आन्तरिक ऋण २१.६७ तथा बाह्य ऋण २२.५६ प्रतिशत कायम भएको छ ।

 

All banking information at your fingertips.

शेयर गर्नुहोस