सेवा रेमिटको इजाजतपत्र खारेज


बैंकको खबर । सेवा रेमिट प्रालिको इजाजतपत्र खारेज भएको छ । नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कारोबार गर्न अनुमति प्राप्त गरेको सेवा रेमिटको लाइसेन्स खारेज गरिएको जनाएको छ ।

नेपाल राष्ट्र बैंक, विप्रेषण विनियमावली, २०७९ बमोजिम खारेज हुने देखिएकाले विप्रेषण कारोबारको सिलसिलामा सो कम्पनीसँग कुनै पनि व्यक्ति वा संस्थाले लिन बाँकी रहेको भए जानकारी दिन राष्ट्र बैंकले आग्रह गरेको छ । कुनै लेनदेन बाँकी रहेको भए सूचना प्रकाशित भएकाले ३५ दिनभित्र राष्ट्र बैंक भित्रको विदेशी विनिमय व्यवस्थापन विभागमा लिखित रुपमा जानकारी दिन समेत आग्रह गरेको छ । तोकिएको म्यादभित्र लिखित जानकारी प्राप्त नभएमा सेवा रेमिट प्रा.लिको बैंक जमानत फुकुवा हुने जनाएको छ । 

राष्ट्र बैंकले खारेज हुने उक्त विप्रेषण कमपनीसँग कुनै व्यक्ति वा संघसंस्थाले लेनदेन रकम तोकिएको अवधिभित्र दावी गरेमा मान्य अवधिको बैंक जमानतले खामेसम्मको रकम हिसाबमिलान गरिदिने राष्ट्र बैंकले जनाएको छ ।
 

All banking information at your fingertips.

शेयर गर्नुहोस