महालक्ष्मी विकास बैंकले चैत २९ देखि ऋणपत्र निष्काशन गर्दै


बैंक खबर । महालक्ष्मी विकास बैंक लिमिटेडले चैत २९ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको वार्षिक ११ प्रतिशत ब्याजदरमा ‘११ प्रतिशत महालक्ष्मी डिबेन्चर २०८९’ निष्काशन गर्न लागेको हो ।

बैंकले १ अर्ब रुपैयाँ बराबरको एक हजार अंकित दरका १० लाख कित्ता ऋणपत्र विक्री गर्न लागेको हो । सोमध्ये ६० प्रतिशत अर्थात ६० करोड रुपैयाँको ६ लाख कित्ता व्यक्तिगत तवरबाट र ४० प्रतिशत अर्थात ४० करोड रुपैयाँको ४ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ । सर्वसाधारणलाई छुट्याएको मध्ये २० हजार कित्ता सामूहिक लगानी कोषहरुका लागि छुट्याएको छ ।

ऋणपत्रमा न्यूनतम २५ कित्ताका लागि आवेदन दिन सकिनेछ । अधिकतमका लागि कुनै सीमा तोकिएको छैन् । 

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर एप वा वेबपोर्टलमार्फत आवेदन दिनसक्नेछन् । 

बैंकले ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्थवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गर्नेछ ।

ऋणपत्र निष्काशनकालागि गरिएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस प्रदान गरेको छ । यसले मध्यम कर्जा जोखिम रहेको संकेत गर्दछ । 

बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।

All financial information at your fingertips.

शेयर गर्नुहोस