ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, बोनस सेयर कति ?


बैंकको खबर । ग्लोबल आइएमई बैंकले लाभांश घोषणा गरेको छ । बैंकको असोज २१ गते बसेको सञ्चालक समितिको ४४६औँ बैठकले आर्थिक वर्ष २०८०/८१को वितरणयोग्य मुनाफा र पुँजी समायोजन कोषबाट सेयरधनीलाई चुक्ता पुँजीको ५.५ प्रतिशत लाभांश (बोनस सेयर) वितरण गर्ने निर्णय गरेको हो । 

सञ्चालक समितिको सो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई आगामी १८औँ वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

All banking information at your fingertips.

शेयर गर्नुहोस