कुमारी बैंकको 'दशैं दक्षिणा अफर'


बैंकको खबर । कुमारी बैंकले विजया–दशमीको अवसरमा आफ्ना सेवाग्राहीहरुलाई शुभकामना स्वरुप दशैँ दक्षिणा अफर ल्याएको छ । घटस्थापनादेखि महानवमी सम्म ९ दिनका लागि दशैँ उत्सव क्यासब्याक सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । 

बैंकले अफर अन्तर्गत विजया दशमीको दिन मोबाईल बैंकिङ्गबाट रकम ट्रान्सफर गर्ने १,००० सेवाग्राहीलाई ट्रान्सफर गरिएको रकमको २५ प्रतिशत वा अधिकतम ५० रूपैयाँ दक्षिणा स्वरुप क्यासब्याक दिने भएको छ।

यस्तै, एकादशीदेखि कोजाग्रत पूर्णिमा सम्म (४ दिन) डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ मार्फत बस्तु तथा सेवा खरिदमा भुक्तानी गर्दा प्रत्येक दिन ५० कार्ड प्रयोगकर्ता तथा ५० मोबाइल बैंकिङ प्रयोगकर्ताले खरिद मुल्यको २५ प्रतिशत वा अधिकतम ५०१ रूपैयाँ बराबर क्यास ब्याप पाउनेछन् । 

बिहान ८ बजेदेखि बेलुका ११ः५९ बजेसम्म सबैभन्दा छिटो कारोबार गर्ने सेवाग्राहीहरुलाई नदोहोरिने गरि क्यासब्याक उपलब्ध गराउने व्यवस्था गरिएको बैंकले जनाएको छ । यस प्रकारको अफरले ग्राहकलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्ने विश्वास बैंकले लिएको छ । 

कुमारी बैंकको देशभरमा ३०२ शाखा सञ्जाल, ३१९ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ इकाइहरु रहेका छन् । बैंकले आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

All banking information at your fingertips.

शेयर गर्नुहोस