एभरेष्ट बैंकको ३०औँ वार्षिक साधारणसभा सम्पन्न


बैंकको खबर । एभरेष्ट बैंक लिमिटेडको ३०औँ वार्षिक साधारणसभा मिति असोज २० गते आइतबार सम्पन्न भएको छ । साधारणसभाले लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ । 

यस्तै साधारणसभाले सेयरधनीहरुलाई आर्थिक वर्ष २०८०/८१ का लागि १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

साधारणसभाले बैंकको सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीहरुका तर्फबाट नविनभक्त श्रेष्ठ र उर्मीला श्रेष्ठलाइ आगामी ४ वर्षकालागि पुनः निर्विरोध निर्वाचित गरेको छ । 

आर्थिक वर्ष २०८१/८२ को लागि श्री एन. अमात्य एंड कम्पनीलाइ लेखापरीक्षकमा पुनः नियुक्त गर्ने प्रस्ताव समेत सभाले सर्वसम्मतबाट पारित गरेको छ । 

All banking information at your fingertips.

शेयर गर्नुहोस