ज्योति विकास बैंकका ग्राहकहरुलाई भेनस हस्पिटलमा विशेष छुट


बैंकको खबर । ज्योति विकास बैंक लिमिटेडले काठमाडौंको बानेश्वरमा रहेको भेनस हस्पिटलसँग बैंकका ग्राहकहरूलाई १० प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता गरेको छ। 

यस सम्झौतासँगै, ज्योति विकास बैंकका ग्राहकले सो अस्पतालमा अस्पतालको बेड शुल्क, इन(हाउस परीक्षणहरूको डायग्नोस्टिक जस्ता विभिन्न सेवाहरूमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन्।

ज्योति विकास बैंकले ग्राहकको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ।

ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

All banking information at your fingertips.

शेयर गर्नुहोस