धितोपत्र बोर्डको अध्यक्षका लागि अन्तर्वार्ता स्थगित


काठमाडौं, असोज १८ । नेपाल घितोपत्र बोर्डको अध्यक्षका लागि पूर्वनिर्धारित अन्तर्वार्ता स्थगित भएको छ । 

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीको संयोजकत्वमा सिफारिस समिति रहेको र उनी अस्वस्थ्य भएकाले अर्को सूचना प्रकाशित नहुँदासम्म स्थगित गरिएको सिफारिस समितिले जनाएको छ ।

नेपाल धितो पत्र बोर्डको अध्यक्ष पदका लागि आवेदकहरुमध्ये संक्षिप्त सूचीमा समावेश भएका तीन जना आवेदकले आज (शुक्रबार) व्यावसायिक कार्ययोजनाको प्रस्तुति र अन्तर्वार्ता गर्ने कार्यक्रम थियो ।

All banking information at your fingertips.

शेयर गर्नुहोस