चम्कियो सेयरबजार, नेप्सेमा एकैदिन ११४.७० अंकको वृद्धि


बैंकको खबर । सेयरबजारमा मंगलबार नेप्से परिसूचक ११४.७० अंकले बढेर २६२३.५६ विन्दुमा बन्द भएको छ । 

सात अर्ब ६१ करोड ६५ लाख रुपैयाँ बराबरको एक करोड ७५ लाख सात हजार पाँच सय ५५ कित्ता सेयर किनबेच भएको छ । 
कारोबार भएका २४५ कम्पनीमध्ये २४३ वटाको सेयरमूल्य बढ्दा बजारमा हरियाली छाएको हो । बजार बढेपनि युनिलिभर नेपालको सेयरमूल्य घटेको छ भने नेपाल ल्युब आयलको स्थिर रहेको छ ।

२१ वटा कम्पनीको सेयर कारोबार सकारातमक सर्किट लेभमालमा भएको छ । एनएलजी इन्स्योरेन्सको २८ करोड ८२ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबार भएका सबै समूह बढेका छन् । फाइनान्स समूह सबैभन्दा धेरै ९.७४ प्रतिशत बढेको छ । त्यसपछि लगानी समूह ६.१० प्रतिशत, जलविद्युत ५.९७, होटल तथा पर्यटन ५.९७ प्रतिशत बढेको छ । बैंकिङ समूह पनि ३.८२ प्रतिशत बढेको छ । 
 

All banking information at your fingertips.

शेयर गर्नुहोस