बाढीपीडितहरुको राहतका लागि सिटिजन्स बैंकले सरकारलाई दियो २५ लाख रुपैयाँ


बैंकको खबर । सिटिजन्स बैंक इन्टरनेसनलले अविरल वर्षा र बाढीबाट प्रभावितहरुलाई राहत वितरणका लागि सरकारलाई २५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । 

बैंकले प्रधानमन्त्री दैबी प्रकोप उद्दार तथा राहत कोषमा २५ लाख रुपैयाँको चेक प्रदान गरेको छ । बैंकका अध्यक्ष प्रबलजंग पाण्डेले कार्यवाहक प्रधानमन्त्री एवं उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई आइतबार सहरी विकास मन्त्रालयमा आयोजित एक कार्यक्रममा चेक हस्तान्तरण गरेका हुन् । 

बैंकले प्रकोपबाट ज्यान गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ । 

All banking information at your fingertips.

शेयर गर्नुहोस