सेयरबजारमा नेप्से २२ अंकले घट्यो


बैंकको खबर । सेयरबजारमा आइतबार नेप्से परिसूचक २२.३६ अंकले घटेर २४६४.४० विन्दुमा झरेको छ । चार अर्ब पाँच करोड छ लाख ५८ हजार रुपैयाँ बराबरको एक करोड तीन लाख ११ हजार ८८५ कित्ता सेयर किनबेच भएको छ । 

कारोबार भएका २४४ कम्पनीमध्ये १९३ वटाको सेयरमूल्य सेयरमूल्य घट्दा बजारमा दबाब परेको हो । नेप्से घटेपनि ४६ कम्पनीको सेयरमूल्य बढेको छ भने पाँच कम्पनीको स्थिर रहेको छ । 

उत्पादन तथा प्रशोधनबाहेक सबै समूह घटेका छन् । उतपादन तथा प्रशोधन समूह १.०३ प्रतिशत बढेको छ । सबैभन्दा धेरै गिरावट व्यापार समूहमा भएको छ । यो समूह २.९७ प्रतिशत घटेको छ । त्यसपछि जलविद्युत समूह २.३६ प्रतिशत घटेको छ । 

अपर स्याङ्गे हाइड्रोपावरको सेयरमूल्य ९.९९ प्रतिशत घटेको छ । यस्तै एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–२को इकाइ मूल्य ९.४५ प्रतिशत र अपर हेवाखोला हाइड्रोपावरको ९.१७ प्रतिशत घटेको छ । सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ६.५५ प्रतिशतले कमाएका छन् ।

बजार पुँजीकरण ३९ खर्ब १८ अर्ब रुपैयाँ कायम भएको छ । साधारण सेयरतर्फको बजार पुँजीकरण १३ खर्ब ८१ अर्ब रुपैयाँ कायम भएको छ । 

All banking information at your fingertips.

शेयर गर्नुहोस