राष्ट्रिय वाणिज्य बैंकद्वारा नवनियुक्त कर्मचारीलाई तालिम प्रदान


बैंक खबर । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट बागमती र गण्डकी प्रदेशकालागि छनौट भएका नवनियुक्त सहायक प्रशासन सेवाका ५४ जना कर्मचारीहरुलाई सोमबारबाट चौध दिने पूर्वसेवाकालिन तालिम काठमाडौंमा सञ्चालन गरेको छ । 

तालिमको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सैद्धान्तिक ज्ञानले मात्र प्रतिष्पर्धामा सफलता हासिल गर्न नसकिने हुँदा यो दुई हप्ताको तालिमबाट प्राप्त हुने व्यवहारिक ज्ञानले कार्यस्थलमा नागरिकलाई सेवा दिन सहयोग पुगि संस्थाको उत्पादकत्व बृद्धि गर्न यो युवा जनशक्ति उपयोग हुने बताए । उनले अन्य प्रदेशका सहायक स्तरका कर्मचारीहरुको भर्ना प्रक्रिया छिट्टै पूरा भएपछी पुरानो बैंक नयाँ कर्मचारीले युक्त हुने बताए । 

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सरस्वती अधिकारीले नवनियुक्त कर्मचारीहरुलाई कार्यस्थलमा जिम्मेवारी बहन गर्दा अपनाउनुपर्ने कर्तव्य बोध गराउदैं ग्राहकहरुको बैंकप्रतिको विश्वास बढ्ने गरी काम गर्नुपर्ने बताइन । कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनीले आजकाल प्रविधिको प्रयोग मार्फत जोखिम बढिरहेकाले ग्राहकलाई सचेत भएर डिजिटल बैंकिङ सेवा प्रयोग गर्न सिकाउनुपर्ने बताए । कार्यक्रममा मानव संशाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरेले नवनियुक्त सहायक प्रशासन सेवाका ५४ जना कर्मचारीहरुलाई बैंकको कर्मचारी सेवा विनियमावली बमोजिम शपथ गराए । 

कार्यक्रममा बैंकका विभागीय प्रमुख पद्यमा लक्ष्मी जि.सी., मानव संशाधन विभागका उपप्रमुख हरिवावु आचार्यलगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो । 

बैंकले हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २६५ वटा शाखा कार्यालय, ५२ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ, क्यूआर ओड, पोस सेवा, क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आइपीएस, स्मार्ट क्यूआर टेलर (बिना चेक रकम झिक्न सकिने), इन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोवाईल बैंकिङ तथा बिना इन्टरनेट चल्ने ग्क्क्म् मोवाईल बैंकिङका सेवाहरु समेत सञ्चालनमा रहेका छन ।
 

All financial information at your fingertips.

शेयर गर्नुहोस